ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित कुम्भकर्ण (फक्ताङलुङ)हिमाल र आधार शिविर क्षेत्रमा किराँत सुमुदायहरुले निर्माण गरेको मङ्हिम(मन्दिर) । किरात समुदायहरुले फक्ताङलुङ हिमाललाई पवित्र तिर्थस्थलको रुपमा लिने गर्दछन्
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ खाम्बाजेन क्षेत्रबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमालको दृश्य । सात हजार ७१० मिटर उचाइको यो हिमाल विश्वको ३२औँ र नेपालको १५औँ अग्लो हिमालमा पर्दछ ।
दाङको घोराही उपमहानगरपालिका-६ स्थित गुरगैबाट शनिबार देखिएको बबई नदी र सूर्यास्तको दृश्य
नेपाल संवत् न्हुद राष्ट्रिय समारोह समितिद्वारा शनिबार वसन्तपुरमा आयोजित न्हुँद ११४५ या सलताया भिन्तुना सभामा धिमे बाजा बजाउँदै नेवारी समुदाय
नेपाल संवत् ११४५ नव वर्षको अवसरमा नेवाः देय दबु संखुवासभाले सदरमुकाम खांदबारीमा शनिबार बिहान आयोजना गरेको शुभकामना पदयात्रामा सहभागी
नेपाल संवत् ११४५ नव वर्षको अवसरमा नेवाः देय दबु संखुवासभाले खांदबारीमा शनिबार बिहान आयोजना गरेको शान्ति पदयात्रामा धिमेबाजा बजाउँदै स्थानीय युवाक युवती
ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधारशिविर क्षेत्रमा रमाउन पुगेको आन्तरिक तथा बाह्य पर्यटक
दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरामा व्यावसायिक रुपमा गरिएको फूल खेतीमा टिपेको सयपत्री फूल
तारकेश्वर नगरपालिका १० स्थित मनमैजुमा यमपञ्चकको दोस्रो दिन कुकुर तिहारमा कुकुरलाई माला लगाएर पूजा गर्दै सर्वसाधारण
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह बुधबार तारकेश्वर–८, टुसालमा नेपाली कांग्र्रेस काठमाडौँ क्षेत्र नं ६ कार्यसमिति तथा क्षेत्र नं ६ प्रदेश ९ख० र तारकेश्वर नगर कार्यसमितिको संयुक्त आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रम उद्घाटन गर्दै