सोमबार, पुष ०८, २०८१

वर्तमान सत्ता गठबन्धनको उद्देश्य राजनीतिक स्थिरता र विकासमा गतिशीलता : सञ्चारमन्त्री गुरुङ


काठमाडौँ, १ पुुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको राजनीतिक गठबन्धनको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै विकासमा गतिशीलता ल्याउनु रहेको बताउनुभएको छ ।

काठमाडौँमा आज आयोजित ‘दी राइजिङ नेपाल’ को ५९औँ वार्षिकोत्सव समारोहमा उहाँले देश विकासको मुख्य बाधकका रूपमा रहेको राजनीतिक अस्थिरता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

पटक पटक सरकार बन्ने र परिवर्तन हुने प्रवृत्तिले निर्माणाधीन विकास योजना, नीति, नियम र आधारहरू लथालिङ्ग भएको बताउँदै सरकारका प्रवक्ता गुरुङले त्यसैले वर्तमान गठबन्धन सरकारले राजनीतिक स्थायित्वसहितको विकासमा जोड दिएको उल्लेख गर्नुभयो । “राजनीतिक अस्थिरता भयो भने सरकार अस्थिर हुने र सरकार अस्थिर हुँदा त्यसको असर विकास निर्माण र जनतामा समेत पर्ने गरेको छ । तसर्थ देशका दुई ठूला दल एमाले र कांग्रेसको सहयकार्यमा सरकार गठन अत्यावश्यक थियो, सोहीअनुसार हामीले गरेका छौँ”, उहाँ भन्नुहुन्छ,  “विगतमा हामी सधँै सत्ता र राजनीतिक अस्थिरतामै रुमलियौँ, जसले गर्दा मुलुकको समृद्धि ओझेलमा परिरह्यो । अब यस्तो हुँदैन, यो सरकार जनतामा स्थायित्व महसुस गराउन अभ्यासरत छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading