सोमबार, पुष ०८, २०८१

ग्ल्याम नेपाल इन्टरनेसनल चौथो ‘सिजन’को ‘फेसन शो’ सम्पन्न


काठमाडौँ, ३० मङ्सिरः प्रारम्भ फाउण्डेसनले आयोजना गरेको ग्ल्याम नेपाल इन्टरनेसनल चौथो ‘सिजन’को ‘फेसन शो’ सम्पन्न भएको छ । काठमाडौँमा आयोजित एक समारोहबीच नेपाली चलचित्र क्षेत्रका प्रतिष्ठित कलाकारहरूको सहभागितामा शो सम्पन्न भएको हो ।

विभिन्न १० वटा ‘सिक्वेन्स’मा सम्पन्न फेसन शोमा आठजना डिजाइनरले तयार पारेका पोसाकमा ३७ जना कलाकारले प्रस्तुति दिएका थिए ।

प्रारम्भ प्रडक्सनका प्रमुख पवन आचार्यले नेपालमा फेसन शोको वृद्धि विकास र कलाकारको प्रस्तुतिलाई प्रस्तुत गरी हौसला प्रदान गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कलाकारिता क्षेत्रमा यस्तो खाले फेसन शोले आगामी दिनमा यस क्षेत्रलाई अगाडि बढाउन मद्दत पुग्ने अपेक्षा गरेका छौँ । चौथो सिजनसम्म आइपुग्दा राम्रो प्रतिक्रिया पाइरहेका छौँ ।

फेसन शोमा नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा अभिनेत्रीहरूले समेत आफ्नो प्रस्तुति दिएका थिए । अभिनेत्री आँचल शर्मा, साम्राज्य राज्यलक्ष्मी शाह, मिरुना मगर, आन्ना शर्मा, मिस युनिभर्स नेपाल–२०२२ की विजेता सोफिया भुजेल, अभिनेता प्रदीप खड्का, ‘¥यापर’ साकारलगायत कलाकारले प्रस्तुति दिनुभएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading