काठमाडौँ, २७ मङ्सिरः अर्बपति एलन मस्कले आफ्नो एआई टूल Grok AI निकै अघि लञ्च गरेका थिए तर अहिलेसम्म यो टूल केवल शुल्क तिर्ने मानिसहरुका लागि मात्रै उपलब्ध थियो । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्स एआईले गत वर्ष उक्त एआई प्लाटफर्म सार्वजनिक गरेको हो ।
एक्सका प्रिमियम प्रयोगकर्ताका लागि उपलब्ध Grok AI लाई कम्पनीले अन्ततः सबैका लागि निशुल्क उपलब्ध गराएको हो । योसँगै अब Grok AI लाई पनि च्याट जिपिटी, जेमिनाइ तथा Claude जस्तै गरी प्रयोग गर्न पाइनेछ ।
हुनत एक्स एआईले अहिलेसम्म निशुल्क संस्करण लञ्चको आधिकारिक घोषणा गरेको छैन, तर Grok AI का विभिन्न प्रयोगकर्ताले निशुल्क रुपमा यस प्लाटफर्ममा पहुँच प्राप्त गरिसकेको बताइएको छ । उनीहरुले यस बारेमा आफ्नो अनुभव शेयर पनि गरेका छन् ।
जेमिनाइ र च्याट जिपिटीसँग प्रतिस्पर्धा
एलन मस्कको एक्स एआई तथा ओपन एआई बीचको प्रतिस्पर्धाले एआईको बजारलाई अझै धेरै रोचक बनाउनेछ । यसका अलावा ग्रोक एआईको प्रतिस्पर्धा गुगलको जेमिनाइसँग पनि छ ।
आधिकारिक घोषण पश्चात् प्रयोगकर्तासँग चारवटा ठूला एआई च्याट टूल उपलब्ध हुनेछन् जसमा ग्रोक एआईका अलागा गुगलको जेमिनाई, च्याट जिपिटी र माइक्रोसफ्टको कोपाइलट रहेका छन् ।