काठमाडौँ, २३ मङ्सिरः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल शिक्षक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष मोहन ज्ञवालीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्ति जारी गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको हो ।
ज्ञवालीको यही मङ्सिर १४ गते निधन भएको थियो । उहाँ नेपाल शिक्षक सङ्घ कास्कीको पूर्वजिल्ला अध्यक्ष, नेपाल शिक्षक सङ्घको पूर्वकेन्द्रीय महासचिव, नेपाल शिक्षक युनियनका संस्थापक महासचिव, सार्क शिक्षक महासङ्घको एक कार्यकाल अध्यक्ष तथा नेपाल शिक्षक सङ्घको दुई कार्यकाल केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो ।
विसं २०२२ असोज २ गते जन्मनुभएका स्व ज्ञवालीले कांग्रेस र नेपाल शिक्षक सङ्घको सङ्गठन निर्माण, नेपालको लोकतान्त्रिक आन्दोलन तथा शैक्षिक क्षेत्रको विकासका लागि सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट कांग्रेसले एक कुशल र अनुभवी शिक्षाविद्लाई गुमाएको जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














