बुधबार, पुष १०, २०८१

चिनियाँ बजारमा आइफोनको बिक्री उच्च, ३ हप्तामै २० प्रतिशतको वृद्धि !


२ मंसिर, काठमाडौं । एप्पलको नयाँ सिरिजको आइफोनले चिनियाँ बजारमा उत्कृष्ट सुरुवात हासिल गरेको छ । चिनियाँ बजारमा बिक्री सुरु भएको सुरुवाती ३ हप्तामै नयाँ मोडेलको आइफोनको बिक्री अघिल्लो संस्करणको तुलनामा २० प्रतिशतले बढी भएको काउन्टरप्वाइन्टको रिपोर्टले देखाएको छ ।

चीनमा गत सेप्टेम्बर २० बाट एकैदिन एप्पल र हुवावेका नयाँ फोनको बिक्री सुरु भएको थियो । यसले पनि विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारको रुपमा रहेको चीनमा स्मार्टफोन ब्राण्डहरुबीचको तीव्र प्रतिस्पर्धा प्रष्ट हुन्छ । अझ स्थानीय ब्राण्डका घरेलु स्मार्टफोनहरुका कारण चीनमा एप्पलले पछिल्लो समयमा आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ ।

काउन्टर प्वाइन्टका अनुसार चीनमा आइफोन १६ सिरिजको बिक्री उच्च देखिएको छ । त्यसमध्ये पनि आइफोन १६ प्रो र प्रो म्याक्स मोडेलप्रतिको आकर्षण सबैभन्दा बढी देखिएको छ । आइफोन १६ प्रो र प्रो म्याक्सको बिक्री १५ संस्करणका सोही मोडेलका आइफोनको तुलनामा ४४ प्रतिशतले बढी देखिएको छ ।

चिनियाँ बजारमा पछिल्लो संस्करणको आइफोनको बिक्री उच्च देखिएपछि समग्रमा आइफोनको बिक्री चाहिं गत वर्षको तुलनामा २ प्रतिशतले घटेको छ । खासगरी पुराना सिरिजका आइफोनको बिक्री घट्नु र हुवावेको मेट र पूरा सिरिजका स्मार्टफोनसँगको प्रतिस्पर्धा बढ्नु नै यसको प्रमुख कारणको रुपमा रहेको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading