मङ्गलबार, पुष ०९, २०८१

१३ मंसिरमा परराष्ट्रमन्त्री आरजु राणा बेइजिङ जाने


२८ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा १३ मंसिरमा बेइजिङ जाने भएकी छिन् । परराष्ट्र स्रोतका अनुसार समकक्षी वाङ यी को निमन्त्रणमा उनी चीनको राजधानी उड्न लागेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तेस्रो साता गर्ने चीन भ्रमणको तयारीका लागि राणा बेइजिङ जान लागेकी हुन् ।

राणाले मंगलबार परराष्ट्र मन्त्रालयमा सचिव लगायत विभिन्न कर्मचारीलाई बोलाएर भ्रमण तयारीका लागि छलफल गरेकी थिइन् । त्यसअघि उनले सोमबार चिनियाँ राजदूत चेन सोङसँग मन्त्रालयमा छलफल गरेकी थिइन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading