बुधबार, पुष १०, २०८१

स्थानीय तह उप-निर्वाचनका लागि आयोगको निर्वाचन अधिकृत नियुक्त


२६ कात्तिक, काठमाडौं। स्थानीय तह उप-निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ । १६ मंसिरमा हुने उप-निर्वाचनका लागि ३२ जना जिल्ला न्यायाधीश, ६ जना राजपत्राङ्कित कर्मचारलाई तोकिएको आयोगले जानकारी गराएको छ।

ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि हुने निर्वाचनका लागि जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईलाई तोकिएको छ । किर्तिपुर नगरपालिकामा सर्वोच्च अदालतको उपरजिष्ट्रार इन्दिरा कार्कीलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ।

यस्तै दैलेखको महाबु पालिकाको अध्यक्षका लागि हुने निर्वाचनका लागि जिल्ला अदालत दैलेखका न्यायाधीश कुलप्रसाद पाण्डेलाई निर्वाचन अधिकृत तोकिएको छ । ३० कात्तिकमा सम्बन्धित स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने आयोगले जनाएको छ । दुई जिल्लामा जिल्ला समन्वय समितिको प्रमुख सहित १६ मंसिरमा निर्वाचन हुँदैछ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading