मङ्गलबार, पुष ०९, २०८१

दाङ तुुलसीपुरको छिल्लीकोटमा जिपलाइन निर्माण पूरा, मङ्सिरभित्रै सञ्चालन गर्ने


२५ कात्तिक, दाङ । जिल्लाको पर्यटकीयस्थल तुुलसीपुर उपमहानगरपालिका–१९ मा जिपलाइन निर्माण पूरा भएको छ । सञ्चालक श्रीधर न्यौपानेका अनुसार रङरोगन र टिकट काउन्टर निर्माणको काम बाँकी रहेपनि मुख्य जिपलाइनको काम पूरा भएको छ ।

उहाँले आउँदो मङ्सिरभित्रै उक्त जिपलाइन सञ्चालन गर्ने गरी तयारी गरेको बताउनुभयो । “निर्माण सुरु भएको लामो समय बित्यो, भर्खरै मत्रै पूरा भयो”, उहाँले भन्नुभयो, “धेरै जनाले छिटो सञ्चालनमा ल्याउनु प¥यो भन्दै आउनुभएको छ, अब मङ्सिर महिनाभित्र सञ्चालनका लागि तयारी गरेका छौँ ।

दुई वर्ष अघिदेखि निर्माण सुरु भए पनि भौगोलिक विकटताले गर्दा सामान ओसार्न समस्याले निर्माणमा ढिलाइ भएको उहाँको भनाइ छ । तार तान्न नै एक वर्ष लागेका ढिलाइ भए पनि तत्काल सुरु गर्ने तयारी छ । उक्त जिपलाइन एक हजार एक सय मिटर लामो छ भने टेक अफ टावर र ल्यान्डिङ टावर उचाइ एक सय ३० डिग्री एलिभेसनमा छ । करिब रु दुई करोड लागतमा स्थानीय भुल्के सामुदायिक बनको जग्गामा जिपलाइन निर्माण भएको छ । जस वापत प्रत्येक टिकट बिक्रीबाट वनलाई पाँच प्रतिशत र त्यहाँ रहेको कालिका मालिका मन्दिरलार्ई पाँच प्रतिशत दिने सम्झौता भएको छ ।

बीस वर्षका लागि जिपलाइन सञ्चालन गर्ने गरी सम्झौता भएको उहाँको भनाइ छ । जिपलाइनमा १० जना जतिले रोजगारी पनि पाउने उहाँको भनाइ छ । छिल्लीकोट दाङको पर्यटकीयस्थल भएकाले त्यसलाई थप आकर्षक बनाउन जिपलाइन निर्माण गरिएको भन्दै यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुग्ने उहाँले बताउनुभयो । साहसिक खेल मानिने जिपलाइनप्रति आकर्षण बढ्ने भएकाले पनि पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

छिल्लीकोट रिसोर्ट एण्ड एड्भेन्चर प्रालिको नामबाट उक्त बञ्जिजम्प सञ्चालनमा ल्याइएको हो । सोही ठाउँलाई एडभेन्चरको हबको रुपमा विकास गर्ने गरी आफूहरुले उक्त कार्य गरेको उहाँले बताउनुभयो । जहाँ केही समयपछि स्काई साइकलिङ, रकक्लाइम्बिङ लगायत थप गर्ने समेत तयारी रहेको उहाँको भनाइ छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading