07/08/2025, 13:35:25

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले एक खर्ब खिच्दै


२१ कात्तिक, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार एक खर्ब तरलता खिच्ने भएको छ । २१ दिन अवधिका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब तरलता खिच्ने भएको हो ।

Subscribe to Blog via Email

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

चालु आर्थिक वर्षको सुरुवातदेखि नै अधिक तरलता भएपनि निरन्तर तरलता खिच्दै आएको केन्द्रीय बैंकले बुधबार एकैदिन २१ दिनका लागि १ खर्बको निक्षेप संकलन उपकरण बोलकबोल गरेको छ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल मार्फत तय हुनेछ । निक्षेप संकलन उपकरणका साथै राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा मार्फत समेत तरलता खिचिरहेको छ ।

ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरभन्दा अन्तरबैंक ब्याजदर तल झरेपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल गर्दै आएको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading