१२ कात्तिक, काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा विद्युत् प्राधिकरणले लाइन काट्न थालेसँगै ११ उद्योगले किस्ताबन्दीमा बक्यौता तिर्न थलेका छन्। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले ११ उद्योगले बक्यौता तिर्न सुरु गरेको जानकारी दिए।
‘बढी बक्यौता हुने सर्वोत्तम सिमेन्ट, रोल्पा सिमेन्टसहितका उद्योग किस्ताबन्दीमा सुरु गरेका छन्। प्राधिकरणको बिलिङ मन नपरे अदालत जाने छुट छ। कानुनी प्रक्रियामा पनि नजाने बक्यौता पनि नतिर्नेको लाइन अहिलेकै अवस्थामा जडान हुँदैन।’ घोषले भने । उनले सरकारी उद्योगबाट बक्यौता उठ्ने भएकाले लाइन कटान नगरिएको स्पष्ट पारे।

विद्युत् प्राधिकरणले गत बिहीबार ३४ उद्योगको लाइन काटिदिएको छ। प्राधिकरणले बक्यौता तिर्ने उद्योगको लाइन जडान सुरु गरेको छ।
यी हुन् किस्तामा बक्यौता तिर्ने ११ उद्योग
| उद्योगहरू | कुल बक्यौता रकम |
| जिबी टेक्सटाइल | ४९ लाख ४८ हजार |
| नारायण रबर उद्योग | १० लाख ५६ हजार |
| शुभश्री अग्नी सिमेन्ट | ९८ लाख ८१ हजार |
| विनायक स्पात प्रा.लि | ७ लाख ५२ हजार |
| नव नेपाल प्लास्टिक इन्डस्ट्रिज | २ लाख ५ हजार |
| शुभ लक्ष्मी पोलिमर्स | ३ लाख ७८ हजार |
| नेशनल रबर इन्डस्ट्रिज | ५९ हजार |
| एजी हेल्थ इन्डस्ट्रिज | ७६ हजार |
| सर्वोत्तम सिमेन्ट | ११ करोड ९६ हजार |
| सम्राट सिमेन्ट | ३ करोड ७७ लाख ७३ हजार |
| रोल्पा सिमेन्ट | ९९ लाख १२ हजार |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















