काठमाडौँ,पुस २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । प्रवक्ता मनिष झाका अनुसार आज दिउँसो २ बजे च:मतिस्थित पार्टी केन्द्रीय कार्यलयमा बैठक बस्नेछ ।
उनले आजको बैठकमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम टुङ्ग्याउने तयारी रहेको जानकारी दिए ।
त्यस्तै, उम्मेदवार सिफारिस उपसमिति विस्तार गरिनेछ । यसअघि उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गरिएको थियो । त्यस्तै, महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गठित पार्टी संमायोजन उपसमिति पनि विस्तार हुनेछ । साथै, कुलमान पक्षबाट पार्टीमा आएका केन्द्रीय समितिका सदस्यहरू मनोनित पनि गरिनेछ ।
निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि निर्माण, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधिलगायतका विषय आजको बैठकमा छलफल हुनेछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










