काठमाडौँ, पुस १५ गते । नेपाल मेडिकल काउन्सिलको निर्वाचनबाट उपाध्यक्ष पदमा डा कुञ्जाङ शेर्पा विजयी हुनुभएको छ ।
काउन्सिलको हालै सम्पन्न निर्वाचनमा मंगलबार सम्पन्न मतगणना अनुसार डा शेर्पाले डा गुरुशरण साहलाई पराजित गर्दै उपाध्यक्षमा जित हासिल गर्नु भएको हो ।
यस्तै आठ जना सदस्यहरुमा डा.छविलाल पन्थी, डा.सारिका गोईत, डा.दीपेन्द्र पाण्डे, डा.युविनकुमार यादव निर्वाचित भएका छन् । यस्तै, डा.अस्मिता पोखरेल, डा.सम्राट पराजुली, डा.नीना राई र डा.रविन बस्नेत पनि निर्वाचित भएका छन् ।
काउन्सिलको निर्वाचनमा ११ हजार ९२२ मत खसेको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














