12/30/2025, 16:01:11
मङ्गलबार, पुष १५, २०८२

पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच समसामयिक राजनीतिक अवस्थाबारे छलफल


काठमाडौँ, पुस १५ गते । पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारीबीच वर्तमान राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ।

भेटमा देशको समसामयिक राजनीति, लोकतान्त्रिक अभ्यास, राजनीतिक स्थिरता तथा संविधान कार्यान्वयनका विविध पक्षबारे विचारविमर्श भएको बताइएको छ।छलफलका क्रममा दुवै पूर्व राष्ट्रपतिले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्दै राष्ट्रिय सहमति र राजनीतिक संवादलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो।

वर्तमान राजनीतिक परिस्थितिप्रति दुवै पूर्व राष्ट्रपतिले चासो व्यक्त गर्दै जिम्मेवार भूमिका निर्वाह गर्न राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभएको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..