12/25/2025, 22:40:37
बिहिबार, पुष १०, २०८२

समयको माग अनुसार राजनीतिक दल परिमार्जन गरौं : कांग्रेस नेता भण्डारी


गुल्मी, पुस १० गते। नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले समयको माग अनुसार राजनीतिक दल परिमार्जन गर्नु आवश्यक रहेको टिप्पणी गर्नुभएको छ। बिहीबार सामाजिक सञ्जालमार्फत उहाँले समयको माग अनुसार हरेक राजनीतिक दलले आफ्ना संरचना, सोच र अभ्यासलाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुएको हो।

नेता भण्डारीले संविधान संशोधनको विषयमा गहिरो चासो व्यक्त गर्नुहुँदै सबै पक्ष, अनुभवी व्यक्तित्व तथा विज्ञहरूसँग खुलेर छलफलमा आफू सहभागी हुन इच्छुक रहेको बताउनुभयो। ‘अत्यधिक द्वन्द्व र अनावश्यक झगडाबाट मुलुकले निकास पाउँदैन’, उहाँले समाजिक सञ्जालमार्फत भन्नुभयो, ‘संवाद, समझदारी र सहमतिबाट मात्र समस्या समाधान सम्भव हुन्छ।

सानो विषयलाई अनावश्यक रुपमा ठूलो बनाएर विवाद सिर्जना गर्नु हुँदैन् भन्दै उहाँले समस्या समाधानतर्फ केन्द्रित बहस नै आजको आवश्यकता रहेको नेता भण्डारीले बताउनुभयो। तिललाई पहाड बनाउन नहुने हुँदा पहिला “मुलुक“ भन्ने सोच नै निकास रहेको उहाँको भनाइ छ।

– रमेश विश्वकर्मा