काठमाडौँ, पुस १० : पूर्वप्रधानमन्त्री एवं प्रलोपाका नेता बाबुराम भट्टराई पनि काठमाडौंका मेयर बालेन्द्र शाहलाई भेट्न ललितपुरको ज्वागल पुगेका छन् । नयाँ राजनीतिक ध्रुवीकरणका लागि मेयरले बालेनले भेटघाटलाई तीव्र पारिरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराई पनि थपिएका हुन् ।
भेटघाट मेयर बालेनका सल्लाहकार कुमार बेनको घरमा हुँदैछ । बिहीबार रास्वपा सभापति रवि लामिछाने र बालेनबीच करिब साढे २ घण्टा छलफल भएको थियो । छलफलपछि सभापति लामिछानेले राम्रो कुराकानी भएको प्रतिक्रिया दिएका थिए । उनले बालेनसँग भएको छलफलबारे थप केही बताउन चाहेनन् ।
रवि र बालेन निकटका व्यक्तिहरूले दुवै जनाबीच फेरि कुराकानी हुने बताएका छन् । ‘उहाँहरू फेरि वार्तामा बस्नेगरी उठ्नु भएको हो, चाँडै फेरि बस्नुहुन्छ,’ दुवैपक्षले भनेका छन् ।
बालेनसँगको भेटपछि रवि पार्टीको आन्तरिक छलफलमा छन् । बालेन भने अमरेशकुमार सिंह, जेन-जी प्रतिनिधिसँगै रास्वपा र उज्यालो नेपालका नेताहरूसँग छलफलमा छन् । उनी आफ्ना सल्लाहकार कुमार बेनको ललितपुर ज्वागलस्थित घरमा राजनीतिक छलफल गरिरहेका छन् ।
बालेनले बिहीबार बिहान ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, कांग्रेस पूर्वसांसद डा. सुनील शर्मासँग भेटेपछि लामिछानेसँग भेटेका हुन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















