12/25/2025, 16:03:29
बिहिबार, पुष १०, २०८२

मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच छलफल जारी


काठमाडौँ, पुस १० : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह  र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल जारी छ ।

बालेनका सल्लाहकार कुमार बेनको ललितपुरको कुपण्डोल ज्वागलस्थित घरमा उनीहरूबीच एक्ला-एक्लै छलफल भइरहेको हो । उनीहरुबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ ।

यसअघि ज्वागलमै बालेन र भौतिक, ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङबीच पनि छलफल भएको थियो । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य अभिषेक सिंहले वैकल्पिक शक्ति मिलेर अघि बढ्ने गरी छलफल भएको बताए ।

केही समयअघि मात्रै कांग्रेसका पूर्वसांसद डा. सुनिल शर्माले पनि बालेनसँग भेट गरेका छन् ।