12/23/2025, 18:59:54
मङ्गलबार, पुष ०८, २०८२

देशलाई अभिभावकको खाँचो छ : शेखर कोइराला


काठमाडाैँ, पुस ८ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई एउटा अभिभावक आवश्यक रहेको बताउनु भएको छ । कृष्णप्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौँमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले आफूलाई संवैधानिक राजतन्त्रको पक्ष लिएर अघि बढ्न सुझाव आउने गरे पनि अब ढिला भइसकेको र आफू मात्रै लागेर नहुने बताउनु भयो । उहाँले नेपाललाई राजनीतिक स्थिरता दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले राष्ट्रियता र प्रजातन्त्र सँगै लैजान नसके नेपाल बाँच्न नसक्ने बताउनु भयो । देशको राष्ट्रियता अत्यन्त नाजुक अवस्थामा रहेको बताउँदै प्रजातन्त्र, लोकतन्त्र छाडातन्त्रमा परिणत भइसकेको उल्लेख गर्नु भयाे । जेन-जी आन्दोलनमा नेपाली अनुहार भए पनि त्यसभित्रको रूप के थियो भन्नेकुरा बुझ्न जरुरी रहेको बताउनु भयो ।

नेता कोइरालाले भन्नु भयो, ‘अहिले नेपाललाई कसरी हामीले राजनीतिक स्थिरता दिन सकिन्छ रु अघि स्वामीजीले भन्नु भयो । एउटा गार्जेन चाहिन्छ भन्ने कुरा गर्नु भयो । किसुनजीले पनि भन्नु भयो र विपीजीले पनि राष्ट्रियता र प्रजातन्त्र सँगै लैजान सकेनौँ भने नेपाल बाँच्दैन भन्नेकुरालाई राष्ट्रिय मेलमिलापको नारा दिएर अघि बढ्नु भएको हो । राष्ट्रियता अत्यन्त नाजुक अवस्थामा छ । प्रजातन्त्र, लोकतन्त्र त छाडातन्त्रमा हामीले विकसित गरिसकेका छौँ । अहिलेको अवस्था जेन-जीको आन्दोलनमा नेपाली अनुहार त थियो, तर त्यो भित्र नेपाली अनुहार नै थियो की अरू कोही थिए भन्नेकुरा हामीले बुझ्नु पर्छ ।

नेता कोइरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार जरुरी रहेको बताउनु भयो । अहिले नेपालको राजनीतिमा लोक-रिझ्याँईले प्राथमिकता पाएको बताउनु भयो ।