12/23/2025, 11:08:15
मङ्गलबार, पुष ०८, २०८२

धनकुटामा खाद्यान्न बोकेको ट्रक दुर्घटना


पाख्रीबास, (धनकुटा) पुस ८ गते । कोशी राजमार्गको धरान–धनकुटा राजमार्ग सडक खण्डस्थित धनकुटा नगरपालिका–६, जिरो प्वाईन्टमा खाद्यान्न बोकेको ट्रक दुर्घटना भएको छ । ट्रक अनियन्त्रित भइ सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो ।

सुनसरीको धरानबाट चामल र भुस लिएर हिलेतर्फ जाँदै गरेको ना ६ ख ११६१ नम्बरको मालवहाक ट्रक अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सरत कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार गुडि रहेको ट्रक अनियमित हुँदा सडकबाट करिब १० मिटर तल पल्टिएर दुर्घटना भएको जानकारी दिए । ट्रक चालक र सहचालक दुबै सकुसल रहेको र घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीको भनाइ रहेको छ ।

– सन्तोष सुवेदी