12/22/2025, 17:59:16
सोमबार, पुष ०७, २०८२

महाराजगञ्जमा देउवा र ओलीबीच भेटवार्ता


काठमाडौँ, पुस ७  गते ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र  एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न ओली उनकै निवास महाराजगञ्ज पुगेका छन् ।

ओलीसँगै एमाले महासचिव शंकर पोखरेल पनि देउवानिवास पुगेका छन् । भेटवार्तामा देउवापत्नी तथा कांग्रेस नेता आरजु राणा पनि सहभागी छिन् । ओली तेस्रोपटक अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक देउवानिवास पुगेका हुन् । यसअघि १९ मंसिरमा पनि दुवै नेताबीच भेटवार्ता भएको थियो ।ओली र देउवासँगको यसअघिको भेटवार्तापछि कांग्रेसको संस्थापनपक्षका सांसदहरूलाई संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्न दबाब बढेको नेताहरूले बताएका थिए ।

सोमबार पुनः भेटघाट गरेका दुई नेताहरूको बीच के कुरा भयो भन्नेबारे सर्वत्र चासोको विषय बनेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..