पाख्रीबास, (धनकुटा) पुस ५ गते । धनकुटामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा गिरावट आएको पाइएको छ । लामो समयदखि परेको अविरल वर्षासँगै आएको हावाहुरीले धान खेतीमा क्षति पुर्याउँदा धान उत्पादनमा गिरावत आएको हो ।
धनकुटामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन २३ प्रतिशतले घटेको घटेको पाइएको छ । जिल्लामा गत वर्ष चार हजार नौ सय ३८ दशमलव ८९ हेक्टर क्षेत्रफलमध्ये चार हजार आठ सय ३२ दशमलव ७ हेक्टर क्षेत्रफलमा धान खेती लागाइएको थियो । सो क्षेत्रफलमा लगाइएको २० हजार एक सय ५२ मेट्रिकटन धान उत्पादन भएको थियो । तर यस वर्ष धनकुटामा चार हजार सात सय १९ हेक्टर उत्पादनसिल क्षेत्रबाट १५ हजार तीन सय ३९ दशमलव २ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगन्द्र रानाले जानकारी दिनुभयो ।
धनकुटामा गत वर्षभन्दा यस वर्ष चार हजार आठ सय १३ मेट्रिकटन कम धान उत्पादन भएको केन्द्र प्रमुख नगेन्द्रबहादुर राना मगरले बताउनुभयो । धनकुटा यसवर्ष धान उत्पादनसिल क्षेत्र पनि घटेको छ । धनकुटा गत वर्षभन्दा यस वर्ष एक सय १३ हेक्टर कम क्षेत्रमा धान खेती गरिएको थियो ।

जिल्लामा अधिकांश धान खेती आकाशे पानी भरमा हुने गरेको छ । धान रोप्ने बेलामा पनि खडेरी परेर समयमा धान लगाउन नपाउनु, धान लगाइसके पछि अविरल वर्षा र हावाहुरीले क्षति पुर्याउँदा उत्पादनमा कमि भएको रानाको भनाइ छ । यस्तै जङ्गली जनावर आतङ्कका कारण तथा बसाइसराइका कारण धान खेती गर्ने क्षेत्रफल केही घटेको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
– सन्तोष सुवेदी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















