03/02/2026, 03:52:37
आइतबार, फागुन १७, २०८२

ओली प्यानलबाट गुरु बराल र विष्णु रिमाल पराजित


काठमाडौँ, पुस ३ गते । नेकपा एमालेका अध्यक्ष केपी ओली प्यानलबाट दुई उम्मेदवार पराजित भएका छन्। ओली प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका गुरु बराल र उपमहासचिवमा विष्णु रिमाल पराजित भएका हुन्।

उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त विजयी हुँदा बराल ११ सय ३७ मत ल्याएर पराजित भएका हुन्। उपाध्यक्षमा विजयी विष्ट ईश्वर पोखरेल प्यानलका हुन्।

 

उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी हुँदा ओलीका विश्वासपात्र समेत रहेका रिमाल १ हजार ९१ मत ल्याएर हारे। उनी यसअघि पनि उपमहासचिव नै थिए। रिमाल हार्दा पोखरेल प्यानलबाट भट्टराईले जितेका छन्।

१९ पदाधिकारीका बराल र रिमालबाहेक सबै ओली प्यानलले जित निकालेको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..