काठमाडौँ, मङ्सिर २ : चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता टीकाराम यात्रीले नयाँ टेलिभिजन कार्यक्रम ‘कठघरा’ ल्याउने भएका छन् । आज बुधबारबाट प्रसारणमा आउने यो कार्यक्रमको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच जानकारी दिएको हो ।
नेपाली समाजमा उत्तरदायित्व, पारदर्शिता र स्पष्ट सार्वजनिक संवादको आवश्यकताको वर्तमान सन्दर्भमा ‘कठघरा’लाई एक साधारण कार्यक्रम नभई प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चका रूपमा तयार गरिएको छ । सार्वजनिक जीवनसँग जोडिएका, सत्तामा रहेका वा प्रभावशाली भूमिकामा रहेका व्यक्तिलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यसहित कार्यक्रमको अवधारणा विकास गरिएको आयोजक टिमले जानकारी दिएको छ ।
विशेषगरी आगामी निर्वाचन र पछिल्लो समय युवापुस्ता, विशेषतः ‘जेन-जी’ आन्दोलनबाट देशमा पारदर्शी र जवाफदेही संवादको माग उठिरहेको अवस्थामा ‘कठघरा’ले सोही आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिएको छ । निर्माता थमन कुमार भण्डारीले उपस्थित सञ्चारकर्मी तथा अतिथिलाई कार्यक्रमको उद्देश्य, अवधारणा र अपेक्षाबारे प्रकाश पारेका थिए ।

यो कार्यक्रमको डिजिटल पार्टनर ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालले कार्यक्रमले नेपाली सार्वजनिक बहसमा ल्याउने अभ्यास र उत्तरदायित्वपूर्ण पत्रकारिताको प्रतिबद्धता गर्दै हिमालय टेलिभिजन एचडी र ओएसआर रियालिटी मा ‘कठघरा’ आज बुधवारदेखि कुल १८ एपिसोड प्रसारण हुनेछ । पत्रकार सम्मेलनमा ‘कठघरा’का निर्माता र प्रसारण साझेदारबीच औपचारिक सम्झौता आदान/प्रदान गरिएको छ ।
अमन प्रताप अधिकारी निर्देशन गरिरहेको यो कार्यक्रममा न्यायाधीशको भूमिकामा अभिनेत्री मिथिला शर्मा देखिनेछिन् । निष्पक्षता, विवेक र सन्तुलनको महत्वलाई कार्यक्रमका सञ्चालक टीकाराम यात्रीले निर्भीक प्रश्न, सत्तासँग प्रत्यक्ष संवाद र जन-उत्तरदायित्वलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिने बताए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












