७ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट फेरि ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ७ दिनका लागि उक्त निक्षेप संकलन गर्न लागेको हो। यसको बोल-कबोल आजै हुनेछ भने घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल लगाउन सकिनेछ।
उक्त निक्षेप राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ। निक्षेप संकलन बोल-कबोलमा राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्।
निक्षेपको सावाँ र ब्याज भुक्तानी १४ गते हुने राष्ट्र बैंकले जनाएको छ। यसअघि असोज ३० मा पनि राष्ट्र बैंकले १३ दिनको लागि १ खर्ब निक्षेप संकलन गरेको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















