काठमाडौं, मङ्सिर ५ गते । नेकपा (एमाले) ले आज ‘नेसनल भोलेन्टियर फोर्स’को ‘केन्द्रीय कमान्ड’ घोषणा गर्ने कार्यक्रम राखेको छ । उता घाइते जेनजीहरूले पनि माइतीघरमा धर्ना दिएका छन् ।
भदौ २३ र २४ को घटनामा घाइते भएका जेनजीहरू एमाले नेता-कार्यकर्ता पुग्नुअगावै माइतीघरमा धर्नामा बसेका हुन् ।
माइतीघरमा जेनजीहरू धर्नामा बसिरहँदा एमालेले भने बबरमहलबाट प्रदर्शन सुरु गरेको छ । एमालेको प्रदर्शन बबरमहलबाट नयाँ बानेश्वर जाँदै छ । त्यसपछि एमालेले आज ‘नेसनल भोलेन्टियर फोर्स’को ‘केन्द्रीय कमान्ड’ घोषणा गर्ने जनाइएको छ ।
जेनजी र एमालेको धर्ना र प्रदर्शन हुने भएसँगै प्रशासनले उच्च सतर्कता अपनाएको छ । दुवै समूह आपसमा भेट हुँदा हुन सक्ने सम्भावित खतरालाई मध्यनजर गरेर सो क्षेत्रमा ठूलो सख्यामा प्रहरी परिचालन गरिएको छ ।
धर्नामा बसेका जेनजीहरूले भने जोसुकै आए पनि आफूहरू पछि नहट्ने बताएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










