11/17/2025, 17:21:30
सोमबार, मङि्सर ०१, २०८२

सेयर बजार ९.७८ अंक बढे, नेप्से २५५० अंकमा, ३ अर्ब ९४ करोडको कारोबार


१ मंसिर, काठमाडौं : सोमबार सेयर बजारको परिसूचक नेप्से ९.७८ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५५० मा कायम भएको छ । १६७ कम्पनीको मूल्य बढ्दा ७६ को घट्यो भने १३ को स्थिर रह्यो । कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९४ करोडको भयो ।

विकास बैंक र होटल तथा पर्यटन समूह १ प्रतिशतभन्दा धेरै बढे । दुई समूह निर्जीवन बीमा ०.०९ तथा अन्य ०.४९ प्रतिशत घटे । बैंकिङ ०.१३, विकास बैंक १.५०, फाइनान्स ०.५६, होटल तथा पर्यटन १.०८, हाइड्रोपावर ०.८८, लगानी ०.५३, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.३४ तथा व्यापार समूह ०.०९ प्रतिशत बढे ।

चार कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत भएका बन्दीपुर केबुलकार, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र झापा इनर्जीको मूल्य १० प्रतिशत बढेको हो। त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको ८.८९, जोशी हाइड्रोपावरको ७.८४, माबिलुङ इनर्जीको ७.३७ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको ७.२४ प्रतिशत मूल्य बढ्यो । आज पनि भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । नेपाल माइक्रो इन्स्योरेन्सको ३.२१ तथा स्वाभिमान लघुवित्तको २.४० प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट, राधि विद्युत् तथा युनियन हाइड्रोपावर क्रमशः अगाडि रहे ।