काठमाडौं, कात्तिक ३० : नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा सहमती जुट्न नसकेपछि केन्दीय कार्यसमितिको बैठक फेरि मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने गरी सारिएको छ । यसअघि मंसिर १ गते सोमबार बस्ने भनिएको थियो ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार साँझ जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको हो । यसअघि कात्तिक २९ गते शनिबार बैठक बस्ने भनिए पनि मंसिर १ गतेका लागि सरेको थियो ।
हाल कार्यरत केन्द्रीय कार्यसमितिको चार वर्षे कार्य अवधि यही मंसिरमा सकिँदैछ । प्रतिनिधि सभा सदस्य निर्वाचन पछि महाधिवेशन गर्नुपर्ने अडान संस्थापन पक्षको छ भने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतका नेता पुसभित्रै महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













