काठमाडौँ, कात्तिक ३० : निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो।
तालिका अनुसार माघ ६ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ। माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ।५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।
आयोगका अनुसार ७ माघमा उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ । बिहान १० बजेदेखि ३ बजेसम्मको समय उजुरीका लागि निर्धारण गरिएको छ । उजुरीमा जाँचबुझपछि माघ ८ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।
उम्मेदवारी फिर्ता लिन माघ ९ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय दिइएको छ भने सोही दिन ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह दिइने छ ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!













