काठमाडौँ, कात्तिक २६ : अधिवक्ता रमणकुमार कर्णको संयोजकत्वमा जनादेश पार्टी नेपाल गठन भएको छ । कर्ण सर्वोच्च अदालत बार एसोसिएनका सचिव हुन् ।
कर्णको नेतृत्वमा ७५ केन्द्रीय सदस्यसहितको पार्टी गठन भएको हो । पार्टीले मंगलबार दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । पार्टीको चुनाव चिह्न माइक बोकेको हात प्रस्ताव गरिएको छ । पार्टीमा जेन–जी युवासहित अनुभवी पेसाकर्मीहरु रहेको कर्णले जनाएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











