काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका कुलमान घिसिङ ‘उज्यालो नेपाल पार्टी’ गठन गर्ने अन्तिम तयारीमा छन् । जसका लागि उनको टिम मंगलबार निर्वाचन आयोग जाने भएको छ ।
आयोगमा जानुअघि कुलमानको टीमले रास्वपा परित्याग गरेकी निवर्तमान प्रतिनिधिसभा सांसद सुमना श्रेष्ठ र हामी नेपालका संस्थापक सुदन गुरूङसँग अन्तिम छलफलमा जुटेको छ । कुलमान निकट जितराम लामाले आयोग जानुअघि आज सुमना र हामी नेपालका संस्थापक सुदन गुरूङको टिमसँग छलफल भइरहेको जानकारी दिए ।
यसअघि सुमना र गुरुङलगायत एउटै पार्टी निर्माण गरेर अघि बढ्ने भनिएको थियो । तर, सहमति नभएपछि कुलमान र सुमनाले फरक फरक बाटो रोजेका थिए । सुमनाले पार्टीको नाम लगायतका विषयमा असहमति राखेको बताइएको छ ।
अहिले फेरि कुलमान, सुमना र सुजनको टिम एउटै पार्टी बनाएर जाने विषयमा अन्तिम छलफल भइरहेको भन्दै लामाले सहमति भएको खण्डमा एकीकृत ढंगले आयोगमा जाने बताए । उनले भने, ‘आइतवार र सोमवार निरन्तर भएको छलफलमा विभिन्न विषयमा असहमति हुँदा सुमना अलग हुनु भएको थियो । तर आज सहमतिको प्रयासस्वरुप पुनः छलफल सुरु भएको छ । छलफल सकिएसँगै केही ढिला गरी निर्वाचन आयोज जाने तयारी छ ।’
सरकारमा मन्त्री रहेकाले कुलमान तत्काललाई पार्टीमा सक्रिय हुने छैनन् । सोहीकारण पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा पार्टी दर्ता गराउने तयारी छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















