काठमाडौँ, कात्तिक २५ : एनसेलले ‘११:११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत मङ्गलबार एनसेल एपमार्फत दुई सय रुपियाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकमध्ये ११ जनाले ११ दिन समयसीमा भएको ११ जिबी डेटा निःशुल्क पाउने कम्पनीले जनाएको छ ।
मङ्गलबार एक दिन सञ्चालन हुने अफरको उद्देश्य प्रिपेड ग्राहकलाई डेटाले पुरस्कृत गर्नुका साथै विश्वव्यापी ११:११ ट्रेन्डसँग मेल खाने रमाइलो तथा आकर्षक अनुभव प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।
‘वन स्टप सेल्फ केयर एप’ का रूपमा चिनिने एनसेल एपमार्फत ग्राहकले विभिन्न भ्वाइस तथा डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, मासिक बिल हेर्न, आफ्नो उपयोग गर्न बाँकी सेवा हेर्न, रोमिङसहितका सेवा सक्रिय/निष्क्रिय गर्न र गिफ्टका रूपमा सेवाका विभिन्न प्याक पठाउन पनि सक्ने कम्पनीले जनाएको छ ।
एपमा अनलाइन तथा अफलाइन गेम खेल्ने, समाचार हेर्न सकिनेलगायतका अन्य रोमाञ्चक सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । ग्राहकले गुगल प्ले स्टोर वा एप स्टोरबाट एनसेल एप डाउनलोड गरी एपका सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








