01/14/2026, 04:10:27
मङ्गलबार, पुष २९, २०८२

दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही


काठमाडौं, कात्तिक २४ गते । दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाहीमा परेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारी बैंक र प्राइम कमर्शियल बैंकलाई कारबाही गरिएको हो ।

कुमारी बैंकले राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन अनुसार कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ्ग कारोबार गर्न नपाउने व्यवस्था पालना नगरेको भन्दै सचेत गराएको जनाएको छ ।

त्यस्तै, प्राइम कमर्सियल बैंकले केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको
अवधिको आधारमा वर्गीकरण नगरेको, सोही तथा केही कर्जाहरुलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेका र केही कर्जाहरुको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी पुँजीकोषसम्बन्धी फ्रेमवर्क बमोजिम जोखिम भार गणना गरेको नपाइएको भन्दै बैंकका सीईओलाई सचेत गराएको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले अनसाइट तथा अफसाइट अनुगमनका क्रममा देखिएको कैफियतका आधारमा बैंक तथा वित्तीय संस्थामाथि कारबाही गर्दै आएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..