काठमाडौँ, कात्तिक २४ : सार्वजनिक सेवा प्रसारणको प्रथम वार्षिकोत्सवका अवसरमा आइतबारदेखि सार्वजनिक सेवा प्रसारण नेपालको अङ्ग्रेजी च्यानल ‘एनटिभी वर्ल्ड’ को प्रसारण सुरु भएको छ । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सेवाको आइतबारदेखि शुभारम्भ गर्नुभएको हो ।
योसँगै पिएसबी अन्तर्गत सञ्चालन भएका टिभी च्यानलको सङ्ख्या पाँच वटा पुगेको छ । पिएसबी अन्तर्गत एनटिभी वल्र्डबाहेक एनटिभी, एनभिटी प्लस, एनटिभी न्युज, एनटिभी कोहलपुर, एनटिभी इटहरी प्रसारणमा छन् ।
‘नेपाल्स पर्सपेक्टिभ टु दी वर्ल्ड’ नारा लिएर प्रसारण आरम्भ भएको एनटिभी वर्ल्ड च्यानलले विशेष गरी नेपालका समाचार, संस्कृति, विचारलगायतका सामग्रीलाई विश्व समुदायमाझ पस्कने योजना बनाएको छ । नेपाल टेलिभिजनले विगत छ वर्षदेखि गरिरहेको पहलको परिणामस्वरूप उक्त च्यानलको शुभारम्भ गरिएको पिएसबीका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले बताउनुभयो ।

यो च्यानल अहिले एनटिभी प्लसको फ्रिक्वेन्सीमा आइतबार साँझ ७ बजेदेखि ४ घण्टा नियमित प्रसारण हुने छ । साथै एनटिभी वल्र्ड न्युजपोर्टल र युटुबसहितका डिजिटल प्ल्याटफर्म मार्फत चौबिसै घण्टा विश्वभरका दर्शकमाझ पुग्ने छ । सो अवसरमा राष्ट्रपति पौडेलले सार्वजनिक सेवा प्रसारण नेपालको प्रतीक चिह्न, लोगो तथा मोबाइल एप पनि सार्वजनिक गर्नुभएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















