11/07/2025, 10:17:47
शुक्रबार, कार्तिक २२, २०८२

नेपाल वायुसेवा निगमलाई तीन वटा निकायमा टुक्र्याउन सुझाव


काठमाडौँ, कात्तिक २१ : नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव समितिले नेपाल वायुसेवा निगमलाई तीन वटा निकाय बनाएर सञ्चालन गर्न सुझाव दिएको छ ।

वर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा अध्यक्ष रहेको समितिले सरकारलाई बुझाएको प्रतिवेदनले निगम सुधारका लागि पहिलो चरणमा पुँजीगत आवश्यकता पूर्ति गर्न कम्पनी ऐन, २०६३ अनुकूल हुने गरी निगमको स्वामित्व परिवर्तन गर्न, कम्पनीमा रूपान्तरण गर्न सरकारी स्वामित्वका संस्था र कोषमार्फत लगानी गरी सेयर अभिलेखीकृत गराउन र उल्लेखित ऐन अनुसार नयाँ पब्लिक कम्पनी स्थापना गर्न सुझाएको छ ।

पहिलो चरणको प्रक्रिया पूरा भए पनि अहिले एकै ठाउँबाट सञ्चालनमा रहेका तीन सेवा भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) लाई नेपाल एयरलाइन्स कम्पनी लिमिटेड, अन्तर्राष्ट्रियतर्फको उडानलाई नेपाल उड्डयन सेवा कम्पनी लिमिटेड र आन्तरिक उडानलाई नेपाल वायुसेवा निगमका रूपमा छुट्टाछुट्टै स्वतन्त्र निकायमा विभाजन गर्न प्रतिवेदनले सुझाव दिएको छ ।

तीन वटै सेवालाई टुक््रयाएपछि दुई भागलाई कम्पनी मोडलमार्फत नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गर्ने र तेस्रो भागलाई निगमको आन्तरिक उडान सेवा विद्यमान निगमकै स्वरूपमा निरन्तरता दिन सकिन्छ,” प्रतिवेदनमा भनिएको छ, “निगमको हालको संस्थागत संरचना अनुसार आन्तरिकतर्फ दुर्गम क्षेत्रमा उडान गर्न १८ सिट क्षमताका र सुगम क्षेत्रमा उडान गर्न उपयुक्त चार वटा जहाज थपेर आन्तरिक सेवाप्रदायक सरकारी निकायका रूपमा निरन्तरता दिन सकिन्छ ।

विभाजनपछि नेपाल वायुसेवा निगमका हकमा हालको मूलधनलाई ३० करोडबाट बढाएर पाँच अर्ब रुपियाँ पु¥याउनसमेत प्रतिवेदनमा सुझाव छ ।