11/06/2025, 20:22:59
बिहिबार, कार्तिक २१, २०८२

सांसदको काम थिति बसाल्ने हो : रास्वपा उपसभापति वाग्ले


तनहुँ, कात्तिक २० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सांसदको काम देश बनाउने र थिती बसाल्ने भएको बताउनुभएको छ ।

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आज विभिन्न सामग्री हस्तान्तरण गर्दै वाग्लेले भन्नुभयो, “गत उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भएपछि जनताको मसँग धेरै अपेक्षा थियो, सांसदको मूल काम देश बनाउने हो, कानुन बनाउने हो । थिती बसाल्न तपाईंहरुले पठाउनुभएको हो भनेर सबैलाई सम्झाएको थिएँ ।

साना तिना काम गर्न स्थानीय तह छन् भन्ने जनतामा बुझाउन लागेको बताउँदै उहाँले आफू सांसद हुँदा इमानदार प्रयास गरेको उल्लेख गर्नुभयो । दमौली खानेपानी उपभोक्ता संस्थाबाट सहयोगको आग्रह गरिएपनि विगतमा सरकारमा नहुँदा बजेट राख्न नसकिएको वाग्लेको भनाइ थियो । उहाँले भन्नुभयो, “खानेपानी जस्तो संवेदनशील विषयमा विगतमा पनि सहयोगको आग्रह गर्नुभएको थियो, सांसदको एकसुको पनि बजेट थिएन । निजी सहयोगकर्ता, दानवीर खोज्दै जाँदा केही सहयोग गर्न सक्यौँ ।

संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले तीन हजार ८०० निजी धाराबाट २५ हजार बढी जनसङ्ख्याले खानेपानी सुविधा पाइरहेको जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..