11/06/2025, 14:54:38
बिहिबार, कार्तिक २१, २०८२

रवि र छविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

काठमाडौं, कात्तिक २० गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाको सञ्चालक समितिका तत्कालीन सदस्य तथा पूर्वडिआइजी छविलाल जोशीको मुद्दा सुनुवाइको लागि पेशी चढेको छ । रवि र छवि दुवैले बिगो बराबरको धरौटी राखेर रिहा हुन पाऊँ भनी उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका थिए ।

रवि र छविको मुद्दा उच्च अदालत तुलसीपुरको बुटवल इजलास न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा सुनुवाइ तोकिएको छ । रवि र छविनको दुवै मुद्दा एकैसाथ राखेर हेर्न लागिएको हो ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा रविले आफ्नो दायित्वमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर छाड्न माग गरी जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए । उक्त निवेदन जिल्ला अदालतले बदर गरिदिएपछि उनी उच्च अदालत पुगेका हुन् । उच्च अदालतले यसअघि रविको मुद्दामा कैफियत प्रतिवेदन मागेको थियो ।

रवि र छवि दुवै जना हाल मुद्दाको पुर्पक्षका क्रममा कारागारमा छन् ।

। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाको सञ्चालक समितिका तत्कालीन सदस्य तथा पूर्वडिआइजी छविलाल जोशीको मुद्दा सुनुवाइको लागि पेशी चढेको छ । रवि र छवि दुवैले बिगो बराबरको धरौटी राखेर रिहा हुन पाऊँ भनी उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका थिए ।

लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..