काठमाडौँ, कात्तिक १९ : दुबईमा आइसिसी विश्वकप लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपालले जितका लागि संयुक्त अरव इमिरेट्स (युएई) लाई दुई सय ४० रनको लक्ष्य दिएको छ ।
आइसिसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३९ रन बनायो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाउनुभयो । यस्तै कुशल मल्लले ४५ रन नाउनुभयो । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३७, ओपर आशिफ शेखले ३४, आरिफ शेखल ३० र सन्दीप लामिछानेले १५ रन बनाउनुभयो ।
बलिङमा युएईका ध्रुव परासर, जुनैद सिद्धीकी र मुहमद जवादुल्लाहले दुई दुई तथा जाहिद अलले एक विकेट लिनुभयो । नेपाल आज यस शृङ्खलामा सान्त्वना जित निकाल्ने अभियानमा छ । नेपालले अघिल्ला तीन खेलमा हार खेपेको थियो ।







