नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले अध्यक्ष पद छोड्न तयार रहेकाे बताएका छन् ।
शुक्रबार सम्पादकहरूसँगको संवादमा प्रचण्डले पार्टीको नेतृत्वमा आफू अध्यक्ष भइराख्नुपर्छ भन्नेमा नरहेको स्पष्ट पारेका छन् ।
‘नयाँ भूमिकामा जान तयार भएर नै अधिवेशनमा जाने भनेको हो । र अध्यक्ष छोडेर संयोजक बनेको हुँ,’ उनले सम्पादकहरूसँग भने ।