10/08/2025, 18:55:43
बुधबार, असोज २२, २०८२

सेयर बजारमा उच्च गिरावट, नेप्से २५५९ मा झर्‍यो


काठमाडौँ । सेयर बजार परिसूचक आज पनि घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ४५.३६ अङ्क घटेर २५५९ अङ्कमा कायम भएको हो । बजारमा आज ५ अर्ब ७६ करोडको कारोबार भयो ।

बजारमा कारोबार भएका कम्पनीमध्ये आज १८ कम्पनीको मूल्य बढेको छ । २३२ को घट्दा एउटाको स्थिर रहेको छ । आज बजारका सबै समूहमा गिरावट आएको छ । फाइनान्स र होटल समूह ३ प्रतिशत भन्दा धेरैले घटेका छन् । विकास बैंक २.२८, हाइड्रोपावर २.३४, लगानी २.०२, घटेको छ ।

बजारमा आज आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत तथा थ्रीस्टार हाइड्रोपावरको मूल्य ४.७ प्रतिशत बढ्यो । प्रभु इन्स्योरेन्सको मूल्य ६.१२ प्रतिशतसहित सबैभन्दा धेरैले घट्यो ।

आज नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स कम्पनी सबैभन्दा धेरै कारोबार हुने कम्पनीको रूपमा रहेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..