09/30/2025, 23:32:20
मङ्गलबार, असोज १४, २०८२

प्रतिशोधको राजनीति नगर्न सरकारलाई कांग्रेसको आग्रह


काठमाडौं, असोज १४ : नेपाली कांग्रेसले सरकारलाई प्रतिशोधको राजनीति नगर्न सरकारलाई सचेत गराएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रतिशोधनको राजनीति नगर्न सरकारलाई सचेत गराउनुभएको हो।

भदौ २३ र २४ गतेको आन्दोलनको छानबिन नगरी दलमाथि प्रतिशोध भएको भन्दै कांग्रेसले यस्तो बताएको हो। कांग्रेसले छानबिन आयोगका नाममा राहदानी रोक्का गर्ने र देशभित्र हिँड्न नदिने शैली गलत भएको भन्दै यस्तो बताएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण रुपमा कथित आयोगको हवाला दिँदै गैरकानुनी, गैर संवैधानिक रुपमा मानव अधिकार, व्यक्तिगत स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने गरेर आयोगलाई नभएको क्षेत्राधिकार बिहीन कार्य गर्न गराउन सरकार उत्दत देखिएको र सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक दलका नेता तथा व्यक्तिको राहदानी रोक्का गर्ने र आफ्नै मुलुकभित्र पनि आवतजावत गर्न निषेध गर्ने किसिमका राजनीतिक प्रतिशोध प्रष्ट देखियो।