काठमाडौँ, भदौ २८ : केही दिनको अनिश्चिततापछि भाटभटेनी सुपरमार्केटले पुनः आफ्नो ढोका उपभोक्ताका लागि खोलिएको घोषणा गरेको छ। सुपरमार्केटले आफू केवल पसल मात्र नभई ग्राहकको परिवार भएको उल्लेख गर्दै धैर्य, समर्थन र विश्वासका लागि ग्राहकलाई धन्यवाद ज्ञापन गरेको छ।
भाटभटेनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी पुनः फर्किएका छौं, तपाईंले सधैं विश्वास गर्नुभएको माया, सेवा र प्रतिबद्धतासहित।’
सुपरमार्केटले आगामी दिनहरूमा अझ उज्यालो र शान्त वातावरणतर्फ अघि बढ्ने विश्वास व्यक्त गर्दै उपभोक्तालाई नजिकका शाखाबाट खरिद गर्न भनेको छ ।
खुला स्टोरमा उपत्यकाभित्र टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर, पाटन, कलंकी, राधेराधे, बालाजु छन । उपत्यकाबाहिर नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा छन । भाटभटेनीले केही शाखाहरू अहिले नियमित रूपमा सञ्चालनमा भएको र उपभोक्तालाई सहज सेवा दिने तयारी रहेको जनाएको छ ।