काठमाडौँ, भदौ २६ :पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
पूर्व राष्ट्रपति भण्डारीले आज प्रेस विज्ञप्ति जारी गरी ‘जेन-जी’को आन्दोलनपछि प्रधानमन्त्रीले दिनुभएको राजीनामा स्वीकृत भइसकेको र संविधानबमोजिम गठित राष्ट्रपति एवं जननिर्वाचिन संस्थाहरू कायमै रहेको अवस्थामा आन्दोलनरत पक्षको माग र चाहनालाई समेत अभिव्यक्त गर्नेगरी संविधानिक व्यवस्थाबमोजिम मुलुकलाई राजनीतिक निकास दिनुपर्नेमा जोड दिनुभएको हो।
उहाँले ‘जेन-जी’ आन्दोलनमा भएको मानवीय क्षति र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा के कसरी हिंसात्मक गतिविधि भए भन्ने समीक्षा गर्न पनि आग्रह गर्नुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















