10/28/2025, 16:57:07
मङ्गलबार, कार्तिक १२, २०८२

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी


बुटवल, भदौ २४ : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मङ्गलबार बिहान ९ः३० बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्लाका अधिकारी डा. टोकराज पाण्डेले जारी गरेको सूचनामा मङ्गलबार सुरक्षा अवस्थालाई मध्यनजर गरी बिहान साढे ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

यसअघि सोमबार रुपन्देहीका विभिन्न स्थानमा जेनजीहरुले प्रदर्शनका साथै विभिन्न स्थानमा तोडफोड गरेपछि प्रशासनले राति १० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो ।

जिल्ला प्रशासनको सूचनामा निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको उल्लेख छ ।