09/08/2025, 15:07:39
सोमबार, भदौ २३, २०८२

माइतीघरमा जेन-जीको प्रदर्शन सुरू, कक्षा छोडेर आन्दोलनमा जेन-जी


काठमाडौँ, भदौ २३ : सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ‘जेन–जी‘ (सन् १९९७-सन् २०१२ सम्म जन्मिएको पुस्ता) को विरोध डिजिटल हुँदै सडकसम्म पुगेको छ । सोमबार बिहान ९ बजेदेखि काठमाडौँको माइतीघरमा भेला भएर उनीहरूले प्रदर्शन गरिरहेका छन् ।

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्दको विरोधमा जेन–जी पुस्ताको विरोध डिजिटल हुँदै सडकसम्म पुगेको छ। सोमबार बिहान ९ बजेदेखि काठमाडौँको माइतीघरमा भेला भएर उनीहरूले प्रदर्शन गरिरहेका छन्। पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्डमा थियो । उनीहरूले ‘आवर फ्युचर इज नट फर सेल’, से नो टु करप्सन, जेन-जी हेयर-फ्युचर क्लियर‘ जस्ता नारा उल्लेखित प्ले-कार्डहरू बोकेर प्रदर्शन गरिरहेका छन्। सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेसँगै यो ट्रेन्डले झन् धेरै गति लिएको हो।

काठमाडौँको माइतीघरमा भइरहेको जेन-जीको विरोध प्रदर्शनमा आएकाहरू कतिपय विद्यार्थी पोशाकमै छन्। उनीहरू कतिपय बिहान विद्यालय र कलेजको पढाइ सकेर आएका छन् भने कतिपयले कक्षा छोडेरै आन्दोलनमा आएको बताएका छन्।

कावासोतीमा पनि जेन-जीको प्रदर्शन

कावासोतीमा पनि विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी भ्रष्टाचारको विरोधमा उत्रिएका छन् । कावासोतीको मध्यविन्दु, कुमारवर्ती र लुम्बिनी कलेजमा अध्ययनरत विद्यार्थी कावासोतीस्थित महेन्द्र राजमार्गमा प्रर्दशनमा छन् । भ्रष्ट सरकार मुर्दावाद, हाम्रो कर फिर्ता गर, भ्रष्टाचारी सार्वजनिक गर, जेन-जी आन्दोलन हाइहाई जस्ता नारा उनीहरुले लगाएका छन् । काठडौंमा आजदेखि सुरु भएको जेन-जीको आन्दोलनको सर्मथनमा कावासोतीमा पनि प्रर्दशन गरिएको विद्यार्थी नेता सुदीप चापागाईले जानकारी दिए ।