08/25/2025, 11:16:11

बाल यौन दुरुपयोग मुद्दामा फरार पदम काप्री पक्राउ


तनहुँ, भदौ ९ : बाल यौन दुरुपयोग मुद्दामा फरार रहेका तनहुँका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ । भानु नगरपालिका–२ का ३२ वर्षीय पदमबहादुर काप्रीलाई व्यास नगरपालिका–१ भादगाउँमा लुकिछिपी बसेको अवस्थामा आइतबार दिउँसो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष विकले जानकारी दिनुभयो ।

विसं २०८१ साल चैत ४ गते तनहुँ जिल्ला अदालतले काप्रीलाई पाँच महिना आठ दिन कैद सजाय तोकेपछि उनी फरार भएका थिए । पक्राउ परेका उनलाई अदालतमा पेश गरिएको र कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक विकले बताउनुभयो ।