काठमाडौँ, भदौ ८ : खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलबिच वीरगञ्जमा देखिएको हैजा सङ्क्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ।
मन्त्री यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मन्त्री पौडेलसँग भेट गरी वीरगञ्जमा देखिएको हैजा सङ्क्रमणका सम्बन्धमा छलफल गर्नुभएको खानेपानी मन्त्रालयका सहसचिव कमलराज श्रेष्ठले बताउनुभयो। उक्त छलफलमा वीरगञ्जका प्रभावित क्षेत्रमा कोलेरा कीट तत्काल व्यवस्था गर्ने, लक्षणको आधारमा सङ्क्रमितलाई तुरुन्त उपचार उपलब्ध गराउने, निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था गर्ने र आवश्यक जनशक्ति परिचालन गर्ने सहमति भएको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, “हैजा नियन्त्रणका लागि केन्द्र र स्थानीय तहबीच समन्वय गरी आवश्यक कदम चाल्ने सहमति भएको छ। वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा र टोलमा देखापरेको हैजा सङ्क्रमण नियन्त्रण गर्न मन्त्रालयले सक्दो प्रयास गरिरहेको सहसचिव श्रेष्ठले बताउनुभयो।

उहाँले भन्नुभयो, “वीरगञ्जमा फैलिरहेको हैजा नियन्त्रणका लागि हामी पूर्णरूपमा सक्रिय छौँ। यस कार्यमा सम्पूर्ण सरोकारवाला निकाय, नागरिक समाज र स्थानीय समुदायको सहकार्य अपरिहार्य छ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













