काठमाडौँ , ०६ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद निशा डाँगी र राप्रपाकी सांसद अनिता नेपालीले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् ।
दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।