काठमाडौँ, भदौ ५ : एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको छ।
भदौमा हुने लिगको लागि सेटर आना फ्लाभियालाई अनुबन्धित गरेको कर्णाली यसभिएसले जनाएको छ। सुरुवाती वर्षमा ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन, स्लोभाकिया, चेक गणराज्य, हङ्गेरी र स्विजरल्याण्डबाट खेलिसक्नुभएको छ। स्लोभाकिया र स्पेनमा उनी उत्कृष्ट सेटर घोषित हुनुभएको थियो। दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ।

यसअघि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरिसकेको छ। प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ।
कर्णाली यसभिएस पहिलो संस्करणको विजेता हो। दोस्रो संस्करण पनि आफ्नो पोल्टामा पार्नका लागि विदेशी खेलाडी समेत आफ्नो टिममा समावेश गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







