१५ असोज, काठमाडौं । नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ। विशेष गरी जेन जी, कलेज विद्यार्थी, र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता, र अत्याधुनिक प्रविधिको संयोजन रहेको छ। स्पार्क ३० सीको सुरुवाती मूल्य १६ हजार ४९० (६+१२८ जीबी भेरियन्ट) र ८+२५६ जीबी भेरियन्टको मूल्य १९ हजार ९९० रुपैयाँ राखिएको छ।
सेप्टेम्बर ३० बाट अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध हुने यो फोनले गेमिङ, मल्टिटास्किङ, र मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गर्ने जनाएको छ। ५० एमपी एचडी प्राइमरी क्यामेरा, ५००० एमएएच ब्याट्री, र १२० हर्ट्ज डिस्प्ले जस्ता विशेषताहरूले यो फोनलाई अझ आकर्षक बनाएको छ। थप आकर्षण यसको १२ प्लस १ महिनाको वारेन्टीमा १०० दिन सम्म फोन रिप्लेसमेन्टको ग्यारेन्टी समेत छ।

टेक्नो नेपालका नेशनल पार्टनर सन्तोष भण्डारीले स्पार्क ३० सीले नवीनता र स्टाइललाई नयाँ उचाइमा पुर्याएको बताए। यो फोनले युवाहरूको जीवनशैलीसँग मेल खाने विशेषताहरूको संयोजन गरेकोले उनीहरूलाई भीडमा फरक पहिचान दिने उनको दाबी छ।
टेक्नो मोबाइल इन्डियाका सीईओ अरिजित तलपात्राले टेक्नोले सधैं आफ्ना ग्राहकलाई नवीनतम प्रविधि र सहज पहुँचयोग्य उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेको बताए। स्पार्क ३० सी को अर्बिट ब्ल्याक, अर्बिट ह्वाइट, र म्याजिक स्किन ग्रीन रंगमा उपलब्धता रहेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










