सुलीकोट, भदौ २ : गोरखामा यौन दुरुपयोग गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका-७ स्थायी घर भएका ३७ वर्षीया लक्ष्मण आचार्य भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुबेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लक्ष्मण आचार्यको आफनै घरमा डेरा भाडामा बसेकी नाम परिवर्तित १५ वर्षीया नाबालिका धकुमारीलाई साउन ३१ गते १ बजेको समयमा बालिकालाई यौन आशयले शरीरका संवेदनशील अंगमा समात्ने, अस्वभाविक यौनजन्य क्रियाकलाप गर्ने लगाएतको कार्य गरी बालयौन दुरुपयोग गरेको आरोप युवक आचार्यलाई लागेको थियो ।
बालयौन दुरुपयोगका आरोपमा पिडितको आफन्तले दिएको जाहेरी दरखस्तको आधारमा आचार्यलाई साउन ३१ गते राति जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोलीले घरबाटै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुबेदीको भनाइ छ ।
आरोपी युवा आचार्य विरुद्ध आईतबार बालयौन दुरुपयोग शीर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।